+
+
WC Series
काठमान्डु गोर्खाज 2025
118/10 (16.5)
VS
Sudurpaschim won by 29 runs
Won सुदूरपश्चिम रोएल्स 2025
147/10 (20)
Shares

हमासको स्वास्थ्य मन्त्रालयले भन्यो– गाजामा इजरायली आक्रमणबाट २५ प्यालेस्टाइनीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ४ गते ८:३७
फाइल फोटो

४ मंसिर, काठमाडौं । गाजामा इजरायली आक्रमणबाट कम्तिमा पनि २५ प्यालेस्टाइनीको मृत्यु भएको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उद्धारकर्मीहरूका अनुसार गाजा शहरको के–जेतुन क्षेत्रमा अवस्थित एक भवनमा मात्रै एक महिला र एक बालिकासहित १० जनाको मृत्यु भएको छ ।

इजरायली सेनाले पनि ‘हमासको आतंकवादी ठेगाना’ मा आक्रमण गरिएको बताएको छ ।

केही बन्दुकधारी समूहले दक्षिणी शहर खान युनिसमा तैनाथ सेनामाथि पाँच साता पुरानो युद्धविरामको उल्लंघन गर्दै गोली प्रहार गरेको इजरायली सेनाको भनाइ छ ।

हमासका तर्फबाट इजरायली सेनाको दाबीमाथि कुनै प्रतिक्रिया आएको छैन ।

हमासको सिभिल डिफेन्स एजेन्सीका प्रवक्ता महमुद बस्सलले बीबीसीसँग बुधवार बेलुकी गाजा शहर र खान युनिसका कयौं स्थानमा इजरायलले आक्रमण गरेको प्रतिक्रिया दिएका छन् ।

उने कयौं दिनको शान्ति पछि इजरायलले आक्रमणलाई तीव्रता दिएको पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?