News Summary
Generated by OK AI. Editorially reviewed.- जनकपुरधाममा ४ मंसिरदेखि सप्ताहव्यापी रूपमा सीताराम विवाहपञ्चमी महोत्सव सुरु भएको छ।
- पहिलो दिन राम र लक्ष्मणका प्रतिक बालबालिकालाई नगरदर्शन गराइएको थियो।
- मंसिर १० गते रामकलेवा गरी साधुसन्तको बिदाईपछि विवाहपञ्चमी महोत्सव समापन हुनेछ।
४ मंसिर, जनकपुरधाम। जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन नगरदर्शन गराइएको छ।
नगरदर्शनमा राम र लक्ष्मणका प्रतिक बनाइएका बालबालिकालाई घुमाउने गरिन्छ । जानकी मन्दिर प्रांगणमा सांस्कृतिक कार्यक्रम आयोजन गरी राम र लक्ष्मणलाई नगरदर्शन गराइएको हो । नगरदर्शन अवलोकन गर्न श्रद्धालुहरूको भीड लागेको थियो।
विवाहपञ्चमीको दोस्रो दिन फूलबारी लिला रहेको छ। त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ।
तेस्रो दिन शनिबार धनुष यज्ञ, चौथो दिन आइतबार तीलकोत्सव पाँचौ दिन मंसिर ८ गते सोमबार मटकोर र ९ गते मंगलबार रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ।
महोत्सवको अन्तिम दिन ममंसिर १० गते रामकलेवा गरी अयोध्याबाट जन्तीको रुपमा आएका साधुसन्तको बिदाई गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् समापन हुनेछ।
त्रेता युगमा भगवान् श्रीराम र जनकनन्दिनी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाहपञ्चमी महोत्सव मनाउने प्रचलन छ ।
हेर्नुहोस् तस्वीरहरू :

प्रतिक्रिया 4