+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
146/4 (18.3)
VS
Lumbini Lions won by 6 wickets
चितवन राइनोज 2025
142/7 (20)
Shares

सौगात मल्लले चन्द्रागिरीबाट थाले ‘बब डाई’ को छायांकन

दशकपछि ‘मोक्ष’ निर्देशकको पुनरागमन

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ४ गते २०:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता सौगात मल्लले निर्देशक प्रवीण श्रेष्ठको फिल्म 'बब डाई' को छायांकन काठमाडौंको चन्द्रागिरीबाट सुरु गरेको छ।
  • निर्देशक श्रेष्ठले 'बब डाई' मा कीर्तिपुरको कथा समेटिने र सौगात मल्लले मुख्य भूमिका निभाउने बताउनुभएको छ।
  • फिल्ममा सिम्रन पन्त, सन्तोष पन्त, विशाल पहाडी लगायतका कलाकारको अभिनय रहनेछ र छायांकन डेढ महिनासम्म चल्नेछ।

काठमाडौँ । अभिनेता सौगात मल्लले आगामी फिल्म ‘बब डाई’ को छायांकन थालेका छन् । सुनिल मानन्धरले निर्माण गर्ने यो फिल्मलाई दृश्य सम्पादक समेत रहेका प्रवीण श्रेष्ठले निर्देशन गर्दैछन् ।

मानन्धर र श्रेष्ठले दशकअघिको हिट म्युजिकल ड्रामा ‘मोक्ष’ मा सहकार्य गरेका थिए । निर्देशक श्रेष्ठको पुनरागमन यतिबेला सम्भव भएको हो ।

सोमबारदेखि काठमाडौंको चन्द्रागिरीबाट छायांकन सुरु गरिएको विवरणहरूमा जनाइएको छ । आगामी डेढ महिनासम्म कीर्तिपुर, चन्द्रागिरी आसपासमा फिल्म खिचिने भएको छ ।

निर्देशक श्रेष्ठका अनुसार उनको यो पुनरागमन फिल्ममा कीर्तिपुरको कथा हुनेछ । शीर्षकबारे श्रेष्ठ भन्छन्, ‘खासमा बब डाई भनेको बब दाई हो । नेवारी टोनमा दाईलाई डाई भनिने भएकाले नाममा त्यसरी राखेका हौं ।’

उनका अनुसार ’बब डाई’को भूमिकामा सौगात देखिनेछन् ।

फिल्ममा सिम्रन पन्त, सन्तोष पन्त, विशाल पहाडी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, कुशल पोखरेल, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, गीता अधिकारी, भिन्तुना जोशी, नितेश तन्डुकार, मनोज महर्जन र बालकलाकार अग्रिम पण्डितको अभिनय हुनेछ ।

मानन्धरले राजेश घिमिरे र रोशन भट्टराईसँग निर्माणा सहकार्य गरेका छन् । रविन्द्र प्रजापती कार्यकारी निर्माता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?