५ मंसिर, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले जनकपुरधामस्थित निर्माणाधीन रामजानकी रंगशालाको निरीक्षण गरेका छन् ।
शुक्रबार बिहानै मन्त्रीद्वय घिसिङ र गुप्ताले रंगशाला पुगेर निरिक्षण गरेका हुन् ।
उनीहरूले रंगशाला निर्माणको कार्य रोकिनुका कारण, खेल मैदानको अवस्था लगायतका विषयमा जानकारी लिएका छन् ।
रंगशाला निरीक्षणका क्रममा मधेशको खेलकुद मन्त्रालयका सचिव रञ्जित यादव, जिल्ला क्रिकेट संघका पदाधिकारी, खेलाडीहरूले त्यहाँको वस्तुस्थितिको विषयमा जानकारी गराएका थिए ।
प्रतिक्रिया 4