News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिवि क्रिकेट मैदानमा जारी एनपीएलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीचको खेलमा शुक्रबार खचाखच दर्शक उपस्थित छन्।
- सुदूरपश्चिमले पोखरालाई १९४ रनको लक्ष्य दिएको छ र पोखराले १८.६ ओभरमा ७ विकेट गुमाएर १६२ रन जोडेको छ।
- पोखराका नीशम र भुर्तेलले अर्धशतकीय साझेदारी गर्दै ६ बलमा ३२ रन आवश्यक रहेको अवस्थामा खेल जारी राखेका छन्।
५ मंसिर, काठमाडौं। त्रिवि क्रिकेट मैदानमा जारी एनपीएलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीचको खेल हेर्न शुक्रबार पनि खचाखच दर्शक भरिएका छन्। आ-आफ्ना टिमको समर्थनमा उनीहरू रंगशालामा ओइरिएका हुन्।
एनपीएल दोस्रो संस्करणको पाँचौं दिन समूह चरणको खेल भइरहेको छ । आज भएको खेलमा सुदूरपश्चिमले पोखरालाई १९४ रनको लक्ष्य दिएको थियो । तर सुस्त गतिमा पछ्याइरहेको पोखराले लक्ष्य भेटाउन भने सकेन।
प्रतियोगितामा सुदुरूपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गरेको छ ।
सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ९ विकेट गुमाएर १७५ रन मात्र बनायो। सुदूरपश्चिमले लगातार २ खेल जित्दा पोखराले भने लगातार दोस्रो हार व्यहोरेको छ ।
हेर्नुहोस् तस्वीरहरू :







प्रतिक्रिया 4