+
+
WC Series
Won कर्णाली याक्स 2025
161/1 (12.2)
VS
Karnali won by 9 wickets
लुम्बिनी लायन्स 2025
156/8 (20)
Shares

अहिलेको सरकारलाई चुनाव गराउने अधिकार छैन : ओली

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ६ गते १४:५१

६ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारसँग चुनाव गराउने पनि अधिकार नभएको दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित जनप्रदर्शनपछिको सभालाई सम्बोधन गर्ने क्रममा उनले प्रधानमन्त्री सुशीला कार्कीसँग चुनाव गराउने पनि अधिकार नभएको बताएका हुन् ।

‘तपाईंसँग चुनाव गराउने पनि अधिकार छैन,’ ओलीले भनेका छन् ।

साथै, उनले कार्की आगजनी गरेर, लुटपाट गरेर, विश्वंस मच्चाएर मात्रै सरकारमा पुगेको आरोप लगाए ।

‘अहिले शासन विधिको त कुरै छाडिदिउँ, व्यक्ति त अनधिकृत व्यक्ति, उत्पातबाट सिर्जना भएको सरकार बनेको छ । तपाईंहरू लोकतन्त्रमा विश्वास गर्नुहुन्छ कि हुन्न बताउनुस् ? यही हो लोकतन्त्र ?,’ ओलीले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?