६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक महाधिवशेनबारे कुनै निर्ण नगरी सकिएको छ । शनिबार सानेपामा बसेको बैठक महाधिवेशनबारे कुनै निर्णय नगरी सकिएको हो ।
बैठकले २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ । बैठकमा महामन्त्री गगनकुमार थापाले बैठकका निर्णयहरू पढेर सुनाएका थिए ।
‘एकै चोटि सबै विषयमा निर्णय गरौं नै भन्ने प्रयास थियो । सवै विषयमा निर्णय नहुन सकेता पनि केही हाम्रा राष्ट्रिय राजनीतिका बारेमा निर्णय गरेका छौं,’ उनको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘हामी थप केहीदिन भित्रमा छलफल गरेर समझदारीबाट नभए विधिबाट हाम्रा बीचमा बाँकी रहेका विषयहरूलाई टुंग्याउनुपर्ने छ ।’
अर्को बैठकमा बाँकी रहेका विषयहरू टुंग्याइने महामन्त्री थापाको भनाइ थियो ।
प्रतिक्रिया 4