+
+
WC Series
काठमान्डु गोर्खाज 2025
1/1 (0.6)
VS
विराटनगर किंग्स 2025
0/0
Shares

नेपाली कम्युनिस्ट पार्टीले माग्न थाल्यो भोट

शनिबार पेरिसडाँडामा आयोजित जेनजीसँगको संवादका क्रममा आयोजित सांस्कृतिक कार्यक्रममार्फत सो पार्टीले चुनावमा भोट माग्न थालेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ६ गते १५:३२

६ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी फागुन २१ को चुनावका लागि भोट माग्न थालेको छ । यो पार्टीले शनिबार तत्कालीन माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा जेनजीसँग संवाद कार्यक्रम राखेको थियो ।

कार्यक्रमको सुरुवातमा सांस्कृति कार्यक्रम थियो । जहाँ कलाकर, रचनाकार, संगितकार, गायक लगायतले प्रस्तुती दिएका थिए । कलाकारहरूले ‘…चम्किलो तारामा दिनुहोला भोट’ भन्दै प्रस्तुती दिएका थिए ।

जसमा नेपाली कम्युनिस्ट पार्टीका नेता/कार्यकर्ताहरूले थपडी बजाएर र नाचेर समर्थन जनाए ।

नवगठिन नेपाली कम्युनिस्ट पार्टीको चुनाव चिह्न तारा हो । तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १० भन्दा बढी दल समूह मिलेर बनेको पार्टी हो ।

नेपाली कम्युनिस्ट पाटी बनेपछि उनीहरूले जेनजीसँगै संवाद कार्यक्रम राखेका हुन् ।  उक्त कार्यक्रममा पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताहरू सहभागी थिए । जेनजीहरुले चाहेको नेपाल बनाउने उनीहरूले वाचा गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता जगन्नाथ खतिवडाले आफूहरू जेनजीको आवाज सुनेर अगाडि बढ्न तयार रहेको बताए ।

मुलुकमा परिवर्तन गर्नका निम्ति भदौ २३ र २४ मा जेनजी आन्दोलन भएको उनले स्मरण गरे । उक्त परिवर्तनको चाहना भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना रहेको भन्दै उनले यही संकल्पका साथ आफूहरू अगाडि बढिसकेको बताए ।

राणा शासन, पञ्चायत र राजतन्त्र ढलेर गणतन्त्र प्राप्त भएको उल्लेख गर्दै उनले जेनजी पुस्ताले खोजेको पुस्तान्तरणमा समेत आफूहरू सचेत रहेको बताए ।

‘कमरेड प्रचण्ड भविष्यमा यो मुलुकलाई हाँक्ने उत्तराधिकारी खोजिरहनुभएको होला । कमरेड माधव नेपाल भविष्यमा यो मुलुकलाई हाँक्ने कम्युनिस्ट उत्तराधिकारी खोजिरहनुभएको छ । हामी पनि मुलुक हाँक्ने नयाँ कम्युनिस्ट उत्तराधिकारी खोजिरहेका छौं,’ उनले भने ।

नयाँ पुस्तालाई नेतृत्व र जिम्मेवारी सुम्पन तयार रहेको भन्दै उनले आफ्नो पार्टीले परिवर्तनको चाहना बोक्ने भएकाले सोही अनुसार निर्णय लिन नागरिकलाई समेत आग्रह गरे ।

जनताको साथ लिएर जनताकै चाहना अनुसार नीति बनाएर भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना र नेतृत्वमा पुस्तान्तरण गर्दै अगाडि बढ्न पार्टी तयार रहेको भन्दै उनले सोही अनुसार आगामी निर्वाचनमा मतदान गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?