+
+
WC Series
काठमान्डु गोर्खाज 2025
134/6 (20)
VS
४७ बलमा ३० रन आवश्यक
विराटनगर किंग्स 2025
105/4 (12.1)
Shares

कमेडियन सुमन कोइरालाले कसे लगनगाँठो

‘अब हाँस्छ अमेरिका’ कमेडी टूर लिएर सुमनसहितको टोली अमेरिकाको मेरिल्याण्डमा जाँदा शोभा कार्यक्रममा सहभागी हुन परिवारसहित पुगेकी थिइन् । त्यतिबेला नै यी दुईबीच पहिलो भेट भएको जनाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ६ गते १८:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युवापुस्ताका चर्चित कमेडियन सुमन कोइरालाले प्रेमिका शोभा गौलीसँग शनिबार वैवाहिक समारोहमा लगनगाँठो कसेका छन्।
  • विवाह सनातन वैदिक विधीअनुसार भएको थियो र कन्यादान, गोडा धोइँ, सिन्दूर लगाउने परम्परा पालना गरिएको थिएन।
  • सुमन कोइराला 'कमेडी नाइट्स विथ च्याम्पियन' मा सक्रिय छन् र उनी 'दले दाई'को रुपमा लोकप्रिय छन्।

काठमाडौं । युवापुस्ताका चर्चित कमेडियन सुमन कोइरालाले प्रेमिका शोभा गौलीसँग शनिबार लगनगाँठो कसेका छन् ।

पुरानो बानेश्वरस्थित नेपाल आर्य समाज केन्द्रीय सभाको भवनमा आयोजित वैवाहिक समारोहमा दुवै पक्षका परिवार, आफन्त र कमेडी कलाकार सहभागी थिए ।

२ वर्षदेखिको प्रेम सम्बन्धलाई यी दुईले विवाहमा परिणत गरेका हुन् । नेपालमा तनहुँ घर भएकी शोभा परिवारसहित अमेरिकामा बसोबास गर्दै आएकी छिन् ।

‘अब हाँस्छ अमेरिका’ कमेडी टूर लिएर सुमनसहितको टोली अमेरिकाको मेरिल्याण्डमा जाँदा शोभा कार्यक्रममा सहभागी हुन परिवारसहित पुगेकी थिइन् । त्यतिबेला नै यी दुईबीच पहिलो भेट भएको जनाइएको छ ।

सनातन वैदिक विधीअनुसार उनीहरूले विवाह गरे । सुमनका घनिष्ठ मित्र तथा अर्का चर्चित कमेडियन भरतमणी पौड्यालका अनुसार ६ घण्टासम्म चलेको विवाहमा केही विधि पालना गरिए ।

‘यो विवाहमा कन्यादान हुँदैन । गोडा धोइँदैन । सिन्दूर लगाउँदा पनि माइती पक्षले हेर्न पाइन्छ अनि उपस्थित सबैले टीका लगाइदिएर र फूल छर्किएर वैवाहिक जीवनको शुभकामना दिन्छन्’ पौड्यालले भने ।

कोइराला अहिले ‘कमेडी नाइट्स विथ च्याम्पियन’ मा ब्यस्त छन् । एक दशक लामो उनको कमेडी करिअर एरिना टिभीबाट सुरु भयो । स्टेज कार्यक्रममा पनि सक्रिय उनको लोकप्रियता कमेडी च्याम्पियन सिजन १ बाट ह्वात्तै बढ्यो ।

यो कार्यक्रमबाट उनी ‘दले दाई’को रुपमा हिट भए । धेरै उनलाई वास्तविक नामभन्दा दले दाईको रुपमा चिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?