+
+
WC Series
काठमान्डु गोर्खाज 2025
134/6 (20)
VS
Biratnagar won by 5 wickets
Won विराटनगर किंग्स 2025
135/5 (17.2)
Shares

हर्के हल्दारले सामाजिक कथामा नयाँ श्रृंखला ‘मुक्ति’ ल्याउने

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ६ गते १९:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हाँस्य कलाकार विष्णु सापकोटा सामाजिक विषयबस्तुमा आधारित वेब-श्रृंखला 'मुक्ति' ७ मंसिरदेखि आफ्नो युट्युब च्यानलमा सार्वजनिक गर्ने भएका छन्।
  • श्रृंखलाको ट्रेलर सार्वजनिक भएको छ र पत्रकार सम्मेलनमा अभिनेता मदनकृष्ण श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
  • निर्देशक माधव तिमल्सिनाले निर्माण गरेको 'मुक्ति' मा लक्ष्मी गिरी, सुशील पोखरेल लगायत कलाकारले अभिनय गरेका छन्।

काठमाडौं । हाँस्य कलाकार विष्णु सापकोटा ‘हर्के हल्दार’ ले सामाजिक विषयबस्तुमा आधारित वेब-श्रृंखला ‘मुक्ति’ ल्याउने भएका छन् ।

यो श्रृंखलालाई दर्शकले ७ मंसिरदेखि विष्ण सापकोटाको अफिसियल युट्युब च्यानलमा हेर्न पाइनेछ । श्रृंखलाको ट्रेलर पनि सार्वजनिक भएको छ ।

आयोजित पत्रकार सम्मेलनमा सापकोटाले ‘मुक्ति’ श्रृंखलाबारे जानकारी गराए । अभिनेता मदनकृष्ण श्रेष्ठको प्रमुख अतिथ्यतामा आयोजित कार्यक्रममा सिरिजको टिमले श्रेष्ठलाई सम्मान समेत गरेको थियो ।

मदनकृष्णले कलाकार सापकोटाको प्रतिभाको प्रशंसा गर्दै श्रृंखलाको सफलताको शुभकामना समेत दिए ।

सो अवसरमा कलाकार रमेश बुढाथोकी, दीपाश्री निरौला, राजाराम पौडेल, सुरेन्द्र केसी, श्याम राई, आरपी पन्त, उपेन्द्र तिमल्सिना, बसन्त सापकोटा, डिजराज पौडेल लगायत उपस्थित थिए ।

निर्देशक तथा अभिनेत्री निरौलाले सापकोटाको कलाकारिताको चर्चा गरिन् । उनीसँग टिभी श्रृंखलामा काम गर्दाका विगतका दिन सम्झिँदै उनले आउन लागेको श्रृंखलालाई शुभकामना दिइन् ।

‘मुक्ति’ लाई युनिक सापकोटाको प्रस्तुतिमा माधव तिमल्सिनाले निर्माण गरेका हुन् । यसमा सापकोटासँगै लक्ष्मी गिरी, सुशील पोखरेल, राजेन्द्र खड्गी, हिउँवाला गौतम, बालदीप राई, माधव तिमल्सिना लगायतका कलाकारले अभिनय गरेका छन् ।

सापकोटाले १०० भन्दा बढी कथानक फिल्म, सडक नाटक र दर्जनौ टिभी श्रृंखलामा काम गरिसकेका छन् । उनकै निर्देशनमा बनेको ‘हर्के हल्दार’ निकै चर्चित श्रृंखलामध्ये एक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?