+
+
Shares

आन्दोलनका दोषीलाई कारबाही गर्न ‘जेनजी टू’को माग

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ७ गते १४:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी युवाको समूहले भाद्र २३ र २४ गतेको घटनामा दोषीलाई कारबाही गर्न गृहमन्त्री ओमप्रकाश अर्यालसँग माग गरेको छ।
  • जेनजी टू समूहका प्रवक्ता अविन लिम्बूले गृहमन्त्रीले दोषीलाई कारबाहीको लागि प्रतिबद्ध रहेको जानकारी दिएका छन्।
  • उनीहरूले आगामी निर्वाचनमा सरकारलाई सहयोग गर्न पनि आग्रह गरेका छन्।

७ मंसिर, काठमाडौं । जेनजी युवाको एक समूहले भाद्र २३ र २४ गतेको घटनामा दोषी देखिएकालाई कारबाही गर्न माग गरेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालसँग आइतबार सिंहदरबारमा भएको छलफलमा जेनजी टू नामको समूहका प्रतिनिधिले आन्दोलनका दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।

भाद्र २४ गते जेनजीका नाममा भएको आगजनी र तोडफोडमा संलग्नलाई समेत कारबाही गर्नुपर्ने उनीहरूले माग गरेका छन् । जेनजी टू समूहका प्रवक्ता अविन लिम्बूले छलफलको क्रममा गृहमन्त्रीले दोषीलाई कारबाहीको लागि प्रतिबद्ध रहेको बताएको जानकारी दिए ।

उनले आगामी निर्वाचनमा सरकारलाई सहयोग गर्न पनि आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?