+
+
Shares

नवगठित प्रलोपाको समीक्षा : भ्रष्टाचार, परिवारवाद र सत्ताको खेलले जेनजी विद्रोह

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ७ गते १६:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) आइतबार घोषणा गरिएको छ।
  • प्रलोपामा माओवादी धाराका शीर्ष नेता र नयाँ शक्ति पार्टीका बाबुराम भट्टराई सक्रिय छन्।
  • पार्टीले जेनजी विद्रोहलाई भ्रष्टाचार अन्त्य, सामाजिक सञ्जाल खुल्ला र पार्टी रुपान्तरणका कारण भएको बताएको छ।

७ मंसिर, काठमाडौं । आइतबार काठमाडौंमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को घोषणा गरियो । अधिकांश माओवादी धाराका शीर्ष नेता सम्मिलित प्रलोपाको मार्गदर्शक सिद्धान्त भने परिस्कृत मार्क्सवाद हुने भनिएको छ ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक बाबुराम भट्टराई, माओवादी छाडेका जनार्दन शर्मा, राम कर्मी, सुदन किराती, रास्वपा छाडेका कासन्तोष परियार लगायतका नेताहरूको सक्रियतामा नयाँ पार्टी घोषणा गरिएको हो ।

पार्टी घोषणा सभालाई सम्बोधन गर्दै नेता जनार्दन शर्माले संक्षिप्त राजनीतिक प्रतिबद्धताको मस्यौदा वाचन गरेर सुनाए ।

जसमा पछिल्लो जेनजी विद्रोहको पनि संक्षिप्त समीक्षा गरिएको छ । प्रलोपाले राजनीतिक दल र नेता–कार्यकर्ताको सांस्कृतिक भ्रष्टीकरण, यथास्थितिवादी कर्मचारीतन्त्र, चरम भ्रष्टाचार, परिवारवाद, सत्ताको कुर्सीमा बारम्बारको म्युजिकल चेयर खेल आदि कारणले जेनजी विद्रोह भएको निष्कर्ष निकालेको छ ।

‘नेपालको इतिहासमा ८ र ९ सेप्टेम्बर २०२५, जेनजी विद्रोहका कारण ऐतिहासिक बन्न पुग्यो, नेपाली इतिहासमा केवल युवाले गरेको आन्दोलनको बलमा करिब ४० घण्टामा सत्तापलट भयो,’ नेता जनार्दन शर्माले सार्वजनिक गरेको प्रलोपाको संक्षिप्त घोषणापत्रमा छ ।

साथै प्रलोपाले जेनजी विद्रोह हुनुमा मुख्य ३ कारण खुट्याएको छ । पहिलो, भ्रष्टाचारको अन्त्य, दोस्रो, बन्द गरिएका सामाजिक सञ्जाल खुल्ला गर्ने र तेस्रो पार्टीहरूको रुपान्तरण र पुस्तान्तरण । तर शान्तिपूर्ण आन्दोलनलाई राज्यलाई दमन गर्दा जेनजी आन्दोलन विद्रोहमा परिणत भएको प्रलोपाको निष्कर्ष छ ।

पछिल्लो राजनीतिक घटनाक्रमको पृष्ठभूमिमा जेनजी विद्रोहलाई संगठित गर्न र विगतमा विभिन्न कालखण्डमा भएका आन्दोलनको बलिदानी खेर जान नदिन नयाँ राजनीतिक पहल अनिवार्य बन्न गएको घोषणा पत्रमा उल्लेख छ ।

जेनजी आन्दोलनलाई सम्बोधन गर्दै घोषणा पत्रमा भनिएको छ, पछिल्लो राजनीतिक घटनाक्रमको पृष्ठभूमिमा जेनजी विद्रोहलाई संगठित गर्न, युवा नेतृत्वको विकास गर्न, आन्दोलनमार्फत अभिव्यक्ति युवाको आवाजलाई थप सशक्त बनाउन, देशलाई भ्रष्टाचार मुक्त गरी सुशासनको प्रत्याभूति दिन, राजनीतिक, सामाजिक, आर्थिक र राज्यका निकायको पुन:संरचना गर्न, विज्ञान–प्रविधिको विकास र रोजगारी सिर्जनामा अग्रसर हुन, जवाफदेही प्रणाली स्थापित गरी निश्चित समयमा देशलाई समृद्ध बनाउन, प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिका खारित भएका विगतका ऐतिहासिक जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलन, थारु आन्दोलन, जनजाती आन्दोलन, दलित आन्दोलन र जेनजी विद्रोहमा भएको युवा–विद्यार्थीको बलिदानी खेर जान नदिन नयाँ राजनीतिक पहल अनिवार्य बन्न गएको छ ।’

यो जिम्मेवारी पूरा गर्न जेनजी युवा, युवा–विद्यार्थी बौद्धिक वर्ग, प्रगतिशील, लोकतान्त्रिक, वामपन्थी शक्ति समूह र व्यक्तित्वको संयोजनबाट द्रुत गतिमा समृृद्धि हासिल गर्न, वलियो राष्ट्र, सभ्य नागरिक, सुदृढ राज्य प्रणाली भएको समृद्ध नोपलको निर्माणका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरिएको दाबी घोषणापत्रमा छ ।

साथै राजनीतिक दलको भीडमा एउटा नयाँ दल थप्न र केही नेता उत्पादन गर्न पार्टी गठन नभएको तर्क गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?