७ मंसिर, काठमाडौं । नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका संयोजक सुदन किरातीले पुराना पार्टीका शीर्ष नेताहरूले आजको समयको ढुकढुकीलाई बुझ्न नसकेकाले नयाँ अभियान सुरु गरेको बताएका छन् ।
तर पार्टीको ‘नाङ्लो पसल’ नखोल्ने र ‘भक्तहरुको स्वामी’ नबन्ने उनले बताए ।
आज राष्ट्रिय सभागृहमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले आफूहरुले केबल एक थान पार्टी मात्र नबनाउने बताए ।
‘केबल एक थान पार्टी मात्र बनाउने छैनौं, हामीले एउटा नाङ्लो पसल खोल्नु छैन,’ तत्कालीन माओवादी केन्द्रका नेता किरातीले भने, ‘पार्टीको मञ्चमा बस्ने एउटा स्वामी र स्वामीका हजार–हजार हजार भक्तहरूलाई निर्माण गर्नु छैन ।’
आफूहरू जनताको सेवामा लाग्ने उनले बताए । ‘जनताको सेवा गर्ने, आजको समस्याको समाधान गर्ने, त्यो विचार विधिसहितको नेतृत्व र त्यो शक्ति खोजेका छौं ।’
यही उद्देश्यका साथ डा. बाबुराम भट्टराई, जनार्दन शर्मा, राम कार्कीदेखि सन्तोष परियार र जेनजी युवा नेता ओजस्वी भट्टराईलाई समेत समेटेको उनले जानकारी दिए ।
प्रतिक्रिया 4