News Summary
Generated by OK AI. Editorially reviewed.- संसारका ५ प्रमुख एयरलाइन्सले नेपाली फिल्म 'राजागञ्ज : पूजा, सर' लाई आफ्ना अन्तर्राष्ट्रिय उडानमा स्ट्रिमिङ सुरु गरेका छन्।
- कतार एयरवेज, अमेरिकन एयरलाइन्स, युनाइटेड एयरलाइन्स, लुफ्थान्सा र स्विस इन्टरनेसनलले यो फिल्मलाई 'इन-फ्लाइट इन्टरटेनमेन्ट'मा देखाउन थालेका छन्।
- निर्माता नीरज श्रेष्ठले भने, 'यो हाम्रो कथाहरूको उडान मात्र होइन, ३० हजार फिटमा उड्ने विश्व दर्शकबीच नेपाली फिल्महरूको यात्राको सुरुवात पनि हो।'
काठमाडौं । संसारका ५ प्रमुख एयरलाइन्सले नेपाली फिल्म ‘राजागञ्ज : पूजा, सर’ लाई आफ्ना अन्तर्राष्ट्रिय उडानमा स्ट्रिमिङ थालेका छन् ।
कतार एयरवेज, अमेरिकन एयरलाइन्स, युनाइटेड एयरलाइन्स, लुफ्थान्सा र स्विस इन्टरनेसनलले आफ्ना ‘इन-फ्लाइट इन्टरटेनमेन्ट’मा देखाउन थालेका हुन् ।
‘नेपाली सिनेमालाई ३० हजार फिट माथिको उचाइको बजारमा समेत पुर्याउन पाउँदा हामी गौरवान्तित छौं’ अभिनेत्री आशा मगरातीले प्रेषित गरेको विवरणमा उल्लेख छ ।
‘अब यसले अन्तर्राष्ट्रिय एयरलाइन्सहरूको प्रोग्रामिङमा समेत पुगेर नेपाली फिल्मको लागि अर्को उचाइ चुनेको त छ नै, नेपाली फिल्मका लागि नयाँ बजार खोलिदिएको छ’ विज्ञप्तिमा भनिएको छ ।
निर्माता नीरज श्रेष्ठले भने, ‘हामीलाई आफ्नो सांस्कृतिक उपस्थितीको लागि भएपनि यो स्पेसमा हाम्रो सिनेमा चाहिन्छ भन्ने लागेको हो । हाम्रै फिल्मबाट यो यात्रा सुरु हुँदा हामी गौरवान्तित छौं । यो हाम्रो कथाहरूको उडान मात्र होइन, ३० हजार फिटमा उड्ने विश्व दर्शकबीच नेपाली फिल्महरूको यात्राको सुरुवात पनि हो ।’
ग्लोबल इन-फ्लाइट इन्टरटेनमेन्ट कम्पनी पेनी ब्ल्याक मिडियाले यो फिल्मलाई अन्तर्राष्ट्रिय एयरलाइन्समा वितरण गरिरहेको हो । निर्माताका अनुसार उक्त कम्पनीले भेनिसमै उक्त अधिकार किनेको थियो ।
फिल्मको थिएट्रिकल विन्डो अक्टोबरमा सकिएपछि एयरलाइन्स वितरणको काम सुरु भएको जनाइएको छ । राजागञ्ज’ सन् २०२४ मा भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो ।
फिल्मलाई दीपक रौनियारले निर्देशन गरेका हुन् ।
प्रतिक्रिया 4