+
+
WC Series
जनकपुर बोल्ट्स 2025
2/0 (0.3)
VS
११७ बलमा १३५ रन आवश्यक
विराटनगर किंग्स 2025
136/7 (20)
Shares

२० मंसिरदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सुरु हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ८ गते १३:२९

८ मंसिर, काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम यही २० मंसिरदेखि सञ्चालन हुने भएको छ ।

२० मंसिरदेखि समानुपातिक निर्वाचनतर्फको कार्यक्रम आयोगबाट अगाडि बढ्ने छ ।  निर्वाचन आयोगबाट स्वीकृत कार्यक्रमअनुसार २१ मंसिर बिहान १० बजेदेखि २३ मंसिर दिउँसो ४ बजेसम्म समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले निवेदन पेश गर्नेछन् ।

निवेदन पेश गरेका राजनीतिक दलहरूको नामावली प्रकाशन २४ मंसिर बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म हुनेछ ।

१३ र १४ पुस बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची पेश गर्नेछन् । २० माघ बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन गर्ने कार्यक्रम रहेको छ।

स्वीकृत निर्वाचन कार्यक्रम अनुसार २१ फागुन बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?