८ मंसिर, काठमाडौं । सरुवा पीडित शिक्षकहरूले आन्दोलनको घोषणा गरेका छन् ।
पीडित शिक्षक केन्द्रीय संघर्ष समितिले २०८१ मा बनेको सरुवा निर्देशिका खारेजीको माग राखेर आन्दोलनको घोषणा गरेका हुन् ।
‘निर्देशिका तुरुन्तै खारेज वा परिमार्जन नभए हाम्रो अन्तिम लडाइँ मंसिर महिनाको दोस्रो हप्तादेखि काठमान्डौ केन्द्रित रहेर आमरण अनसन लगाएत सडक आन्दोलनको रूपमा अगाडि बढ्छौँ,’ समितिका अध्यक्ष नेत्रलाल भट्टराईले भने ।
तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठको कार्यकालमा निर्देशिका जारी भएको थियो । उक्त निर्देशिकाको शिक्षकहरूले विरोध गर्दै आएका छन् ।
पीडित शिक्षकहरूले निर्देशिका खारेजीको माग राखेर अदालतसमेत गएका छन् । शिक्षामन्त्री महावीर पुनले निर्देशिका संशोधन गर्न खोजेका थिए ।
तर अदालतमा विचाराधीन रहेकाले मुद्दा फिर्ता लिन आग्रह गरेका छन् । तर पीडित शिक्षकहरू संशोधन गर्न मुद्दाले असर नगर्ने बताउँछन् ।
‘निर्देशिम खारेज वासंशोधन गर्न उक्त मुद्दाले कुनै रोकावट गर्दैन । हामीले हाम्रो माग सम्बोधन हुने ग्यारेन्टी नहुँदासम्म कुनै मुद्दा फिर्ता लिदैनौं,’ उनले भने ।
ज्येष्ठताको आधारमा सरुवा गर्दा नयाँ शिक्षकहरू मारमा परेको पीडित शिक्षिकहरूको गुनासो छ । यो निर्देशिकाल ४० हजार बढी शिक्षक सरुवा हुन नसेको दाबी संघर्ष समितिको छ ।
प्रतिक्रिया 4