News Summary
Generated by OK AI. Editorially reviewed.- बलिउड सुपरस्टार धर्मेन्द्रले ८९ वर्षको उमेरमा सोमबार संसार छाडे।
- धर्मेन्द्रको करियर बदल्ने फिल्म 'फूल और पत्थर' सन् १९६६ अगस्ट १४ मा रिलिज भयो र ५० हप्ताभन्दा बढी समय हलमा चल्यो।
- 'फूल और पत्थर' मा धर्मेन्द्रले शाका नामको ग्याङ्स्टरको भूमिका निभाए र फिल्मले दुईवटा फिल्मफेयर अवार्ड जित्यो।
धर्मेन्द्रले आफ्नो करिअरमा दर्जनौं ब्लकबस्टर फिल्महरू दिएका छन् । तर एउटी यस्तो फिल्म पनि छ, जसले ५० हप्तासम्म सिनेमा हलमा चलेर धर्मेन्द्रलाई रातारात सुपरस्टार बनाइदियो।
सुपरस्टार धर्मेन्द्रले ८९ वर्षको उमेरमा सोमबार संसार छाडेका छन् ।
लामो समय बलिउडमा धमाका मच्चाएका धर्मेन्द्रको त्यो फिल्मको चर्चा गर्दैछौं, जसले उनलाई सुपरस्टार बनायो । उनको करियर बदल्ने पहिलो ठूलो सफलता दिलाउने सन् १९६६ को रोमान्टिक ड्रामा फिल्म ‘फूल और पत्थर’ थियो । यो फिल्म ५० हप्ताभन्दा बढी समयसम्म सिनेमा हलमा चलिरह्यो।
फिल्ममा शाका नामको एक खुंखार ग्याङ्स्टरको कथा छ । उसको जीवनमा अप्रत्याशित मोड तब आउँछ, जब परिवारले छोडेकी विधवा शान्ति देवीप्रति उसलाई दया जाग्छ । निर्देशक ओपी रल्हनले पहिले यो फिल्ममा सुनील दत्तलाई अफर गरेका थिए । तर, बोल्ड थिमका कारण सुनीलले अस्वीकार गरे । त्यसपछि धर्मेन्द्रले शाकाको भूमिका पाए भने शान्तिको भूमिका मीना कुमारीले निभाइन् ।
सन् १९६६ अगस्ट १४ मा रिलिज भएको थियो ‘फूल और पत्थर’ । स्वतन्त्रता दिवसको सप्ताहन्तमा रिलिज भएको यो फिल्मले दर्शको ठूलो साथ पायो । ५० हप्ताभन्दा बढी समयसम्म हलमा चल्यो । यो फिल्म धर्मेन्द्रको करिअरको सबैभन्दा ठूलो टर्निङ प्वाइन्ट बन्यो । धर्मेन्द्र र मीना कुमारीको केमिस्ट्री दर्शकलाई अत्यधिक मन पर्यो । दुवैले पछि ‘चन्दन का पालना’, ‘मँझली दीदी’ र ‘बहारों कि मंजिल’ मा पनि सँगै काम गरे ।
यो फिल्मको तमिलमा एम.जी. रामचन्द्रनसँग ‘ओली विलक्कू’, तेलुगुमा एन.टी. रामारावसँग ‘निन्दु मनसुलु’ र मलयालममा जयन्सँग ‘पुथिया वेलिचम’ नाममा रिमेक पनि बनेको थियो।
यस्तो थियो फिल्मको स्टारकास्ट ओपी रल्हन निर्देशित यो फिल्मले वसन्त बोरकर (उत्कृष्ट सम्पादन) र शान्ति दास (उत्कृष्ट कला निर्देशन) लाई दुईवटा फिल्मफेयर अवार्ड पनि जितायो। यो ब्लकबस्टर फिल्ममा धर्मेन्द्र र मीना कुमारीसँगै शशिकला, जीवन, ललिता पवार, मदन पुरी, टुन टुन, लीला चिटनिस, सुन्दर र इफ्तिखार जस्ता कलाकारहरू थिए।
प्रतिक्रिया 4