News Summary
Generated by OK AI. Editorially reviewed.- भोजपुर जिल्ला कारागारमा रहेका २४ जना कैदीबन्दीलाई राष्ट्रिय परिचयपत्रको ‘स्मार्ट कार्ड’ वितरण गरिएको छ।
- जिल्ला प्रशासन कार्यालयको टोलीले २२ पुरुष र दुई महिला कैदीबन्दीलाई कार्ड प्रदान गरेको हो।
- कारागार प्रमुख केशव खनालले ‘स्मार्ट कार्ड’ले नागरिक सेवामा पहुँच बढाउने र प्रशासनिक काममा सहजता हुने बताए।
८ मंसिर, टक्सार । भोजपुरको जिल्ला कारागार कार्यालयमा रहेका कैदीबन्दीलार्ई राष्ट्रिय परिचयपत्रको ‘स्मार्ट कार्ड’ वितरण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयको टोलीले कारागारमा रहेका २२ पुरुष र दुई जना महिला गरी २४ जना कैदीबन्दीलाई कार्ड प्रदान गरेको हो ।
कारागार प्रमुख केशव खनालले ‘स्मार्ट कार्ड’ले कैदीबन्दीलार्ई नागरिक सेवामा पहुँच बढाउने र अभिलेखमा उनीहरूको पहिचान सुनिश्चित भई प्रशासनिक काममा समेत सहज हुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4