+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
139/9 (20)
VS
Sudurpaschim royals won by 45 runs
कर्णाली याक्स 2025
94/10 (19.2)
Shares

उत्तराखण्डमा तिर्थयात्री सवार बस दुर्घटना, ५ जनाको मृत्यु, १३ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ८ गते २०:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उत्तराखण्डको टिहरी जिल्लामा यात्रु सवार बस सडकदेखि ७० मिटर तल खोंचमा खसेर ५ जनाको मृत्यु भएको छ।
  • बसमा गुजरात र अन्य राज्यबाट आएका तिर्थयात्रु थिए, १३ जना घाइते भएका छन्।
  • मुख्यमन्त्री पुष्कर सिंह धामीले एक्समा दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन्।

८ मंसिर, काठमाडौं । भारतको उत्तराखण्डमा मन्दिरबाट फर्किरहेका यात्रु सवार बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।

 उत्तराखण्ड राज्यको टिहरी जिल्लाको जनपदस्थित नरेन्द्रनगर क्षेत्रमा पर्ने कुंजापुरी–हिँडोलाखाल नजिक बस सडकदेखि तल खोंचमा खसेको हो ।

गुजरात र अन्य राज्यबाट आएका तिर्थयात्रु बसमा सवार थिए । टिहरी जिल्ला आपतकालीन प्रवन्ध अधिकारी वृजेश भट्टले उत्तराखण्डबाहिरबाट दुई वटा बसमा सवार भएर तिर्थयात्रु त्यहाँ पुगेका बताए । उनीहरू उत्तरखण्डको कुंजापुरी माता मन्दिर दर्शन गरेर फर्कंदै थिए ।

उनका अनुसार बसमा झण्डै १८ जना सवार थिए, जसमध्ये ५ जनाको मृत्यु भएको छ छ भने ४ जना घाइतेको अवस्था गम्भीर छ ।

जिल्ला नियन्त्रण कक्ष टिहरीका अनुसार बस लगभग ७० मिटर तल खोंचमा खसेको थियो । सबै घाइतेको उद्धार गरी नजिकैको अस्पताल लगिएको अधिकारीहरूले बताएका छन् ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले सामाजिक सञ्जाल एक्समा लेख्दै दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?