News Summary
Generated by OK AI. Editorially reviewed.- इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेड घरेलु मैदानमा एभर्टनसँग १-० ले पराजित भएको छ।
- एभर्टनका किर्नन ड्युसबरी हलले २९औं मिनेटमा निर्णायक गोल गरेका थिए।
- इड्रिसा गुएले १३औं मिनेटमा रातो कार्ड पाएपछि एभर्टन १० खेलाडीमा सीमित भएको थियो।
९ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड घरेलु मैदानमै पराजित भएको छ । युनाइटेड १० खेलाडीमा सीमित एभर्टनसँग १-० ले पराजित भएको हो ।
एभर्टनको जितमा किर्नन ड्युसबरी हलले २९औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । त्यसअघि १३औं मिनेटमा इड्रिसा गुएले रातो कार्ड पाएपछि एभर्टन १० खेलाडीमा सीमित भएको थियो ।
युनाइटेडले बल पोसेसनमा पनि पकड राखेर कूल २३ प्रहार गरेपनि गोल भने गर्न सकेन । एभर्टनको एक शट अन टार्गेट नै गोल भयो ।
हारपछि युनाइटेडले शीर्ष ५ मा पुग्ने मौका गुमाएको छ । युनाइटेडको १२ खेलमा १८ अंक छ र १०औं स्थानमा यथावत् छ ।
एभर्टन भने समान १८ अंकका साथ युनाइटेडभन्दा एक स्थान तल ११औं स्थानमा छ ।
प्रतिक्रिया 4