+
+
Shares

एकैदिन ५ हजार २ सय बढ्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ९ गते १०:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले ९ मंसिरका लागि सुनको भाउ प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ तोकेको छ।
  • सुनको भाउ मंगलबार एकैदिन तोलामा ५ हजार २ सय रुपैयाँले बढेको छ।
  • चाँदीको भाउ पनि प्रतितोला ८५ रुपैयाँले बढेर ३२०० रुपैयाँ पुगेको छ।

९ मंसिर, काठमाडौं । मंगलबार एकैदिन सुनको भाउ तोलामा ५ हजार २ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४२ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

केही दिन घटेको सुन फेरि उकालो लागेको छ । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

त्यस्तै चाँदीको भाउ तोलामा ८५ रुपैयाँ बढेको छ । यस दिन चाँदीको भाउ प्रतितोला ३२०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन ३११५ रुपैयाँ थियो । यसअघि असोज ३१ गते चाँदी हालसम्मकै उच्च ३३५० रुपैयाँ पुगेको रेकर्ड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?