+
+
Shares

सलोन बस्नेतले लन्डनमा थाले एक्सन फिल्म ‘विक्रम’ को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ९ गते ११:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता सलोन बस्नेतले आगामी फिल्म 'विक्रम' को छायांकन काठमाडौंबाट सुरु गरेका छन्।
  • फिल्म 'विक्रम' मा सलोनलाई पहिलो एक्सन अवतारमा प्रस्तुत गरिनेछ र छायांकन ९० प्रतिशत बेलायतमा हुनेछ।
  • फिल्मलाई विक्रम जोशीले निर्देशन र लगानी गर्नेछन् भने विदेशी कलाकार नादेसी हप्कीन्सले पनि अभिनय गर्नेछन्।

काठमाडौं । अभिनेता सलोन बस्नेतले आगामी फिल्म ‘विक्रम’ को छायांकन लन्डनबाट थालेका छन् । सम्भवतः यो फिल्म बस्नेतको पहिलो एक्सन फिल्म हुनेछ ।

रोमान्टिक र फेमिली ड्रामा जनराका फिल्ममा देखिँदै आएका सलोनलाई ‘विक्रम’ ले भिन्न अवतारमा प्रस्तुत गर्ने बुझिएको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा पनि उनको हेयर स्टाइल फरक छ ।

यो फिल्मलाई विक्रम जोशीले निर्देशन र लगानी गर्दैछन् ।

महारानी प्रोडक्सन यूके, फिल्म फ्याक्ट्री यूके र संस्कृति क्रिएसन्स नेपालको संयुक्त ब्यानरमा फिल्मको निर्माण हुन लागेको प्रेषित वक्तव्यमा उल्लेख छ । निर्मात्री हीरल जोशी रहने उल्लेख छ ।

यो फिल्ममा केही विदेशी कलाकार नादेसी हप्कीन्सले पनि अभिनय गर्ने उल्लेख छ । सागर प्याकुरेलको पटकथा रहेको फिल्ममा सौरभ लामा र इश्वर सिन्केमानाको छायांकन हुनेछ ।

९० प्रतिशत छायांकन बेलायत र बाँकी १० प्रतिशत नेपालमा हुने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?