News Summary
Generated by OK AI. Editorially reviewed.- जीवन शाही निर्देशित फिल्म 'स्त्री' २९ फागुनदेखि देशब्यापी प्रदर्शन हुनेछ।
- मेला रेकर्डिङ स्टुडियोको ब्यानरमा समीर राईले निर्माण गरेको फिल्मको शीर्षक लोगो सार्वजनिक गरिएको छ।
- फिल्ममा प्रमोद अग्रहरी, सलोन बस्नेत, रिस्ता बस्नेत, नम्रता श्रेष्ठ, दिनेश डिसी र दीपाश्री निरौला मुख्य भूमिकामा छन्।
काठमाडौं । जीवन शाही निर्देशित फिल्म ‘स्त्री’ ले प्रदर्शन मिति तय गरेको छ । निर्माताले आइतबार शीर्षकको लोगो डिजाइन सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन् ।
जसअनुसार, यो फिल्म २९ फागुनदेखि देशब्यापी प्रदर्शन हुनेछ । मेला रेकर्डिङ स्टुडियोको ब्यानरमा समीर राईको निर्माण रहेको यस फिल्ममा किशन अर्यालको पटकथा लेखन छ ।
सह-निर्मातामा सहदेव विष्ट, प्रमोद भट्टराई प्रतीक, रीता श्रेष्ठ र मञ्जु राजवंशी छन् । सयौँ म्युजिक भिडियो निर्देशन गरिसकेका शाहीका लागि ‘स्त्री’ डेब्यु निर्देशन फिल्म हो ।
सामाजिक कथामा तयार भइरहेको यस फिल्ममा प्रमोद अग्रहरी, सलोन बस्नेत, रिस्ता बस्नेत, नम्रता श्रेष्ठ, दिनेश डिसी र दीपाश्री निरौला मुख्य भूमिकामा छन् । बालकलाकार दिप्सन चिलवाल पनि फिल्ममा देखिनेछन् ।
निर्माता समिर राईका अनुसार अहिले सम्पादन कार्य भैरहेको छ ।
प्रतिक्रिया 4