News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता सलोन बस्नेतले आगामी फिल्म 'विक्रम' को छायांकन काठमाडौंबाट सुरु गरेका छन्।
- फिल्म 'विक्रम' मा सलोनलाई पहिलो एक्सन अवतारमा प्रस्तुत गरिनेछ र छायांकन ९० प्रतिशत बेलायतमा हुनेछ।
- फिल्मलाई विक्रम जोशीले निर्देशन र लगानी गर्नेछन् भने विदेशी कलाकार नादेसी हप्कीन्सले पनि अभिनय गर्नेछन्।
काठमाडौं । अभिनेता सलोन बस्नेतले आगामी फिल्म ‘विक्रम’ को छायांकन यहाँबाट थालेका छन् । सम्भवतः यो फिल्म बस्नेतको पहिलो एक्सन फिल्म हुनेछ ।
रोमान्टिक र फेमिली ड्रामा जनराका फिल्ममा देखिँदै आएका सलोनलाई ‘विक्रम’ ले भिन्न अवतारमा प्रस्तुत गर्ने बुझिएको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा पनि उनको हेयर स्टाइल फरक छ ।
यो फिल्मलाई विक्रम जोशीले निर्देशन र लगानी गर्दैछन् ।
महारानी प्रोडक्सन यूके, फिल्म फ्याक्ट्री यूके र संस्कृति क्रिएसन्स नेपालको संयुक्त ब्यानरमा फिल्मको निर्माण हुन लागेको प्रेषित वक्तव्यमा उल्लेख छ । निर्मात्री हीरल जोशी रहने उल्लेख छ ।
यो फिल्ममा केही विदेशी कलाकार नादेसी हप्कीन्सले पनि अभिनय गर्ने उल्लेख छ । सागर प्याकुरेलको पटकथा रहेको फिल्ममा सौरभ लामा र इश्वर सिन्केमानाको छायांकन हुनेछ ।
९० प्रतिशत छायांकन बेलायत र बाँकी १० प्रतिशत नेपालमा हुने उल्लेख छ ।
प्रतिक्रिया 4