+
+
Shares

‘परान’ ले अष्ट्रेलियामा ४ दिनमा कति कमायो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ९ गते १५:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'परान'ले अस्ट्रेलियामा प्रदर्शनको चौथो दिनसम्म ६२ हजार अस्ट्रेलियन डलर कमाएको वितरकले जनाएका छन्।
  • नेपालको बक्सअफिसमा 'परान'ले चौथो शनिबारसम्म १४ करोड १६ लाख ५१ हजार ३९२ रुपैयाँ ग्रस कमाएको छ।
  • निर्देशक दीपक आचार्यको फिल्म 'परान'मा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द लगायत कलाकारको अभिनय छ।

काठमाडौँ । २०८२ सालको अहिलेसम्म धेरै कमाउने फिल्म ‘परान’ अन्तर्राष्ट्रिय बजारमा समेत रिलिज हुन थालेको छ ।

फिल्मले अस्ट्रेलियामा उत्साहजनक कमाइ गरेको देखिएको छ । प्रदर्शनको चौंथो दिनसम्म फिल्मले अस्ट्रेलियामा ६२ हजार अस्ट्रेलियन डलर (५७ लाख २१ हजार नेरु ग्रस) कमाएको वितरकले जनाएका छन् ।

यो फिल्मलाई नमस्ते इन्टरटेनमेन्टले त्यहाँ रिलिज गरेको हो । फिल्मको विश्वब्यापी वितरण अधिकार भने सेभेन सिज सिनेमाजले लिएको हो ।

नमस्ते इन्टरटेनमेन्टले अस्ट्रेलिया र न्यूजिल्याण्डको वितरण अधिकार लिएको हो । वितरक देव कार्कीका अनुसार यो फिल्म अहिले ३० भन्दा धेरै शोसहित त्यहाँ प्रदर्शन भैरहेको छ ।

निर्माता रन्जित आचार्यले अस्ट्रेलियामा यससाता रिलिज भएका अन्य फिल्मको कमाइ हेर्दा पनि ‘परान’को कलेक्सन चौंथो स्थानमा छ । ‘अस्ट्रेलियामा ’परान’ बलिउड र हलिउड फिल्महरुका बिचमा प्रदर्शन भइरहेको छ’ उनले भने ।

यसरी हेर्दा ’परान’ले अस्ट्रेलियाको बक्स अफिसमा यो साता पार गर्दैगर्दा १ लाख अस्ट्रेलियन डलरको आम्दानी पार गर्ने आंकलन गरिएको छ ।

नेपालको बक्सअफिसमा फिल्मको कमाइ हालसम्म १४ करोड नाघेको छ । चौथो शनिबारसम्म फिल्मले बक्स अफिसमा १४ करोड १६ लाख ५१ हजार ३९२ रुपैयाँ ग्रस कमाएको छ ।

फिल्मले चौथो शनिबार पनि नेपालमा १ करोडभन्दा माथिको व्यापार गर्न सफल भएको थियो ।

दीपक आचार्य निर्देशित फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अन्जना बराइली, प्रवीण खतिवडा, महेश त्रिपाठी, बुद्धि तामाङ लगायतको अभिनय छ । रञ्जित आचार्य र शेखर गोल्छाको लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?