News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सेनाका अवकाशप्राप्त उपरथी सुरेशकुमार कार्कीको अध्यक्षतामा जय मातृभूमि पार्टी गठन भएको छ।
- जय जन्मभूमि पार्टी नेपाल र राष्ट्रिय मातृभूमि पार्टीबीच एकीकरण भएर जय मातृभूमि पार्टी गठन भएको हो।
- अध्यक्ष कार्कीले पार्टी राष्ट्रिय स्वाभीमान, सुशासन र स्थिरतामा केन्द्रित रहने र केही दिनमा संगठन र नीतिगत एजेन्डा सार्वजनिक गर्ने बताए।
९ मंसिर, काठमाडौं । नेपाल सेनाका अवकाशप्राप्त उपरथी सुरेशकुमार कार्कीको अध्यक्षतामा जय मातृभूमि पार्टी गठन भएको छ ।
जय जन्मभूमि पार्टी नेपाल र राष्ट्रिय मातृभूमि पार्टीबीच एकीकरण भएर जय मातृभूमि पार्टी गठन भएको हो । एकीकृत पार्टी निर्वाचन आयोगमा वैधानिक रूपमा दर्ता भएको छ ।
नवगठित दल राष्ट्रिय स्वाभीमान, सुशासन र स्थिरताका एजेन्डामा केन्द्रित रहने एकीकृत पार्टीका अध्यक्ष कार्कीले बताए ।
अध्यक्ष कार्कीले राष्ट्रहित, विकास, सुशासन र नागरिकको पहिचान एवं सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
‘राजनीतिक विभाजन, भ्रष्टाचार र अस्थिरताबाट दिग्भ्रमित जनताका लागि यो दल एक वैकल्पिक प्लेटफर्म बन्नेछ,’ उनले भने । अध्यक्ष कार्कीले केही दिनमा पार्टीको संगठन र नीतिगत एजेन्डा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए ।
प्रतिक्रिया 4