+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
चितवन राइनोज 2025
0/0
Shares

चापागाउँ दोबाटोमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १० गते १२:२७

१० मंसिर, काठमाडौं । ललितपुरको चापागाउँ दोबाटोमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

ना.३ख ४७४५ नम्बरको ट्रक र बा.प्र ०२-०१९ प ६६८७ नम्बरको मोटरसाइकल बुधबार बिहान एकआपसमा ठक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कीर्तिपुर नगरपालिका-५ भत्केकोपाटी घर भएका २२ वर्षीय सुशान्त बस्नेत रहेका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरी रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?