+
+
WC Series
लुम्बिनी लायन्स 2025
137/8 (18.6)
VS
सुदूरपश्चिम रोएल्स 2025
0/0
Shares

प्रहरीको ओ एन्ड एम गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ११ गते १२:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मन्त्रिपरिषद्ले नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एन्ड एम) गर्न स्वीकृति दिएको छ।
  • नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अबिनारायणले ओ एन्ड एमको गृहकार्य अघि बढाइएको बताए।
  • ओ एन्ड एम अन्तर्गत दरबन्दी मिलान, कटौती र अस्थायी कार्यालयको स्थायीकरण गरिनेछ।

११ मंसिर, काठमाडौं । नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एन्ड एम) गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ ।

सोमबार मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत दिएसँगै प्रहरीले ओ एन्ड एमको गृहकार्य अघि बढाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायणले काफ्लेले मन्त्रिपरिषद्ले स्वीकृत दिएसँगै ओ एन्ड एमको काम सुरु गरिएको बताए ।

अब प्रहरीका दरबन्दीहरू मिलान गर्नेदेखि, आवश्यक नरहेको एकातर्फको दरबन्दी कटौती गरेर अर्कोतर्फ लैजानेसम्मको काम हुने बताइएको छ । अस्थायी रहेका केही कार्यालयको दरबन्दी स्थायी गर्नेलगायतका कामहरू हुने बताइएको छ ।

यसअघि सशस्त्र प्रहरीमा पनि यसैगरी दरबन्दी मिलान गरिएको थियो । तल्लो दर्जाका दरबन्दी कटौती गरेर तीन डीआईजीको दरबन्दी थप गरेर मिलान गरिएको थियो । अस्थायी कार्यालयहरूलाई पनि स्थायी गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?