११ मंसिर, काठमाडौं । मुस्कान खातुन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेकी छिन्। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमबाट खातुनसहित पार्टी प्रवेश गरेका हुन् ।
त्यस्तै, जसपा मधेश प्रदेश अध्यक्ष अशोक कुमार यादव पनि पार्टीमा प्रवेश गरेका छन् । उनीहरूलाई संयोजक पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरूले स्वागत गरेका थिए ।
साथै, उनलाई पार्टीले केन्द्रीय समिति सदस्य पनि बनाउने निर्णय गरेको छ । सहसंयोजक माधव कुमार नेपालले खातुनलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको जानकारी गराए ।
वीरगञ्ज निवासी मुस्कान ०७६ साल भदौमा एसिड आक्रमणमा परेकी थिइन् । उपचारपछि निको भएर सामाजिक क्षेत्रमा सक्रिय मुस्कानलाई अमेरिकाले अन्तर्राष्ट्रिय साहसी महिला (आई.डब्ल्यू.ओ.सी.) सम्मान प्रदान गरेको थियो ।
राष्ट्रिय सभागृहको कार्यक्रमबाट अशोक राई नेतृत्वको जसपाबाट नेता राजेन्द्र श्रेष्ठ नेतृत्वको टिम, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) बाट शरद रसाइली नेतृत्वको टिम, वीपी खनाल नेतृत्वको जनजागरण पार्टी नेपाल र गोपाल परियारसहित नेकपाको टिम पनि समाहित भएका छन् ।
प्रतिक्रिया 4