+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
112/4 (14.4)
VS
चितवन राइनोज 2025
0/0
Shares

देउवाले ७ पूर्वपदाधिकारीलाई भने- महाधिवेशन विवाद समाधानका लागि सहमति गरेर जानुस्

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ११ गते १७:२७

११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षीय शीर्ष नेताहरूले सभापति शेरबहादुर देउवालाई निर्वाचनअघि महाधिवेशन गरिए पार्टीमा क्षति पुग्ने बताएका छन् ।

महाराजगञ्जस्थित सभापति देउवाको निवासमा बिहीबार भएको छलफलमा शीर्ष नेताहरूले प्रतिनिधिसभा निर्वाचनअघि नियमित महाधिवेशन गरिए पार्टीमा क्षति पुग्ने बताएका हुन् ।

महाधिवेशनको विषयमा दुखिएको विवाद बढ्दै गएपछि सभापति देउवाले ‘सात भाइ’ का नामले परिचित पूर्वपदाधिकारीहरूलाई बोलाएर छलफल गरेका थिए ।

छलफलपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचनभन्दा अगाडि पार्टीको नियमित महाधिवेशन गर्न नहुने विषयलाई आफूहरूले सभापति देउवासँग गरेको जानकारी दिए ।

‘हामीले सभापतिज्यूसँग निर्वाचन अघि महाधिवेशन गरेर गए पार्टीलाई क्षति हुने कुरा राख्यौं,’ उनले भने । प्रवक्ता महतका अनुसार जवाफमा सभापति देउवाले आफू पनि यस विषयमा जानकार रहेको बताएका थिए ।

महतले सभापति देउवासँग कुनै ठोस निर्णय वा रणनीति तय गर्नेगरी संवाद भने नभएको बताए । ‘हामीले राखेको विषय सभापतिज्यूलाई पनि थाहा भएकै कुरोे,’ उनले भने, ‘हामीबीच कुनै ठोस निर्णय वा रणनीति तय गर्नेगरी संवाद भएन ।’

सभापति देउवाले पूर्वपदाधिकारीहरूलाई पार्टीमा देखिएको पछिल्लो विवाद समाधान गरेर जान निर्देशन दिएका छन् । प्रवक्ता महतले भने, ‘जे–जस्तो भए पनि अहिलेको समस्यालाई समाधानका लागि सहमति गरेर जानुस् भन्नुभयो ।’

सभापति देउवासँगको छलफलमा सहभागी नेताहरू आगामी प्रतिनिधिसभा निर्वाचनपछि मात्रै पार्टीको १५ औं महाधिवेशन हुनुपर्ने अडान राख्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?