+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/9 (20)
VS
Pokhara Avengers won by 25 runs
Won पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

रुकुमपश्चिममा मोटरसाइकल दुर्घटना हुँदा प्रधानाध्यापक खत्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते ६:४७

१२  मंसिर, रुकुमपश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ बास्तलामा मोटरसाइकल दुर्घटना हुँदा एक विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

कर्णाली प्रदेश ०३–००१ प ०६१३ नम्वरको मोटरसाइकल विहीबार बेलुकी दुर्घटना गोरेकाडा आधारभूत विद्यालयका प्रधानाध्यापक झलक खत्रीको मृत्यु भएको हो ।

गम्भीर अवस्थाका खत्रीलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकल चालक बाँफिकोट गाउँपालिका–७ चिमारचौर निवासी २९ वर्षीय हरिभान खत्री घाइते भएका छन् । उनको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।

नदुवाबाट राडीतर्फको भित्री सडकमा अनियन्त्रित भएर मोटरसाइकल नालामा खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?