कर्णाली कोरिडोर फाइल फोटो
१२ मंसिर, सुर्खेत । कर्णाली करिडोरमा कार्यरत एक कामदार सुक्खा पहिरोमा पुरिएका छन् ।
कालिकोटको पचालझरना गाउँपालिका–७ का पृथी बोहोरा पहिरोले पुरिएर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
सुक्खा पहिरो हटाएर बोहोराको खोजी भइरहेको छ ।
घटना विहीबार करिब साढे ३ बजेतिरको हो । पहिरोमा बोहोरा पुरिएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि खोजीरहेका बेला पुन: पहिरो खसेपछि उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4