३० कात्तिक, हुम्ला । कर्णाली करिडोर अन्तर्गत सर्केगाड गाउँपालिका–१ को ज्ञाने ओढारमा ढुंगा खस्दा सडक अवरुद्ध भएको छ ।
हुम्लाको खच्च सडक खण्ड अवरुद्ध हुँदा हुम्ला–सुर्खेत आउजाउ बन्द भएको अस्थायी प्रहरी पोष्ट तुम्चले जनाएको छ।
आइतबार सवा १ बजेतिर सडकमा ढुंगा खसेर आउजाउ बन्द भएको अस्थायी प्रहरी पोस्ट तुम्चका प्रहरी सहायक निरीक्षक जंगबहादुर थापाले बताए ।
उनले भने, ‘सडकमा ठूला ढुंगाहरू खसेका कारण पन्छाउन कठिन भइरहेको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4