+
+
WC Series
चितवन राइनोज 2025
0/0 (0.5)
VS
११५ बलमा १४२ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
141/10 (19.4)
Shares

दक्षिणी सिरियामा इजरायली सेनाको आक्रमण, १० जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते १३:४३

दक्षिणी सिरियाको बेइट जिन गाउँमा इजरायली सेनाले गरेको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको सिरियाली सरकारी टेलिभिजनले शुक्रबार जनाएको छ । मृतकमध्ये महिला र बालबालिका पनि रहेको उल्लेख गरिएको छ । स्थानीय अधिकारीहरूका अनुसार धेरै पीडितहरू भग्नावशेषमुनि फसिरहेका छन्, र घटनापछि दर्जनौँ परिवार गाउँ छोडेर नजिकैका सुरक्षित स्थानतर्फ भागेका छन् ।

इजरायली कारबाहीमा छ जना सिरियाली सैनिक घाइते भएका छन् । इजरायली सेनाले जारी गरेको विज्ञप्तिमा लेबनानी इस्लामवादी समूह जामा इस्लामिया का संदिग्धहरूलाई नियन्त्रणमा लिन चलाइएको विशेष अपरेसनका क्रममा रातारात कम्तीमा छ जना आफ्ना सैनिक घाइते भएको जनाएको छ । तीमध्ये तीनजनाको अवस्था गम्भीर बताइएको छ । सेनाले उक्त समूहले दक्षिणी सिरियामा बसेर इजरायली नागरिकहरू विरुद्ध हमला गर्ने तयारी गरिरहेको आरोप लगाएको छ ।

स्थानीय अधिकारी अब्दुल रहमान अल–हम्रावीलाई उद्धृत गर्दै एएफपीले दिएको जानकारी अनुसार, इजरायली सैनिकहरूले बेइट जिनमा तीन जना युवकलाई पक्राउ गर्न छापा मार्दा स्थानीय बासिन्दासँग झडप भएको थियो । झडपपछि इजरायली सेनाले तोपखाना र ड्रोन प्रयोग गर्दै गाउँ वरपर गोलाबारी गरेको बताइएको छ।

डिसेम्बर २०२४ मा सिरियाली नेता बशर अल–असदको पतन र दमास्कसमा नयाँ इस्लामवादी नेतृत्व आएपछि इजरायलले सिरियाभित्र सयौँ सैन्य कारबाही गरिरहेको सरकारी स्रोतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?