News Summary
Generated by OK AI. Editorially reviewed.- शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’ नेपालमा २६ मंसिरदेखि रिलिज हुनेछ र पूर्वी एसियाली मुलुकहरूमा प्रदर्शन हुने निश्चित भएको छ।
- फिल्मलाई अस्ट्रेलिया र न्यूजिल्याण्डमा प्रदर्शनका लागि श्रेष्ठ फ्यास्लिटी म्यानेज्मेन्ट कम्पनीले वितरण अधिकार किनेको छ।
- फिल्मले नेपाली विद्यार्थीले स्थायी आवासीय पत्र (पीआर) पाउन गरेको संघर्षको कथा प्रस्तुत गर्दछ र निर्देशक बस्नेत अहिले अस्ट्रेलियामा छन्।
काठमाडौं । शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’ पूर्वी एसियाली मुलुकहरूमा प्रदर्शन हुने निश्चित भएको छ । नेपालमा भने यो फिल्म २६ मंसिरदेखि रिलिज हुनेछ । नेपालसँगै यो फिल्म जापानमा प्रदर्शनमा आउनेछ ।
स्वदेशमा रिलिज भएको एक सातापछि अस्ट्रेलिया र न्यूजिल्याण्डमा रिलिज हुने प्रेषित विवरणमा उल्लेख छ । विजेन्द्र श्रेष्ठको वितरण कम्पनी श्रेष्ठ फ्यास्लिटी म्यानेज्मेन्ट कम्पनीले अस्ट्रेलिया, न्यूजिल्याण्डको वितरण अधिकार किनेको हो ।
सामाजिक सन्देश दिने र सबैले बुझ्नुपर्ने विषय भएकाले दर्शकको मागअनुसार आफूले यी दुई मुलुकको वितरण अधिकार किनेको श्रेष्ठले बताएका छन् ।
यसअघि यो फिल्मलाई अष्ट्रेलियाकै विभिन्न स्थानमा विशेष शो गरिएको थियो । फिल्मले नेपालबाट पैसा कमाउने र सुखी जीवन बाँध्ने सपना साँचेर अस्ट्रेलियामा आएर संघर्ष गर्ने विद्यार्थीको कथावस्तु पेश गर्छ ।
स्थायी आवासीय पत्र (पीआर) पाउन नेपाली विद्यार्थीले गर्नुपर्ने संघर्षको कथावस्तुमा फिल्म बनेको छ ।
सन् २०२२ को जुनमा परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको एक तथ्यांकअनुसार अस्ट्रेलियाको पीआर लिने नेपालीको संख्या १ लाख ५१ हजार १४० पुगेको थियो । पछिल्लो ३ वर्षमा यो संख्यामा बढोत्तरी भएको अनुमान गरिएको छ ।
यही कथा वरपर घुम्ने फिल्ममा आरए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन् ।
यो फिल्मको प्रवर्धनको लागि निर्देशक बस्नेत अहिले अस्ट्रेलियामा छन् ।
प्रतिक्रिया 4