+
+
WC Series
चितवन राइनोज 2025
35/4 (7.3)
VS
७५ बलमा १०७ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
141/10 (19.4)
Shares

अफ्रिकामा एलसीसीआई ग्लोबल क्वालिफिकेसनका कार्यक्रम विस्तार

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते १४:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एलसीसीआई ग्लोबल क्वालिफिकेसन्सले अफ्रिकामा व्यवसायिक शिक्षाका कार्यक्रम विस्तार गरेको छ।
  • घानास्थित मिनाज् भोकेस्नल इन्स्च्युटसँग सहकार्यमा हस्पिटालिटी म्यानेजमेन्ट र अन्य कोर्स सञ्चालन सुरु भएको छ।
  • २०२५ नोभेम्बर २६ मा काठमाडौंमा एलसीसीआई ग्लोबल र मिनाज् भोकेस्नल इन्स्च्युटबीच सहमति पत्रमा हस्ताक्षर भएको थियो।

१२ मंसिर, काठमाडौं । एलसीसीआई ग्लोबल क्वालिफिकेसन्सले व्यवसायिक शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्ने दीर्घकालीन रणनीतिक योजनाअन्तर्गत अफ्रिकामा आफ्ना कार्यक्रम विस्तार गरेको छ ।

यस विस्तारले अफ्रिकाका विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरमा मान्यता प्राप्त सिपमूलक शिक्षा, व्यावसायिक तालिम र उच्च अध्ययनका अवसरहरू उपलब्ध गराउने लक्ष्य राख्दछ।

घानास्थित मिनाज् भोकेस्नल इन्स्च्युटसँग सहकार्य गर्दै हस्पिटालिटी म्यानेजमेन्ट, कलिनरी आर्ट्स, इन्फर्मेसन टेक्नोलोजी तथा कम्प्युटिङ कार्यक्रम सञ्चालन सुरु गरेको छ।

यी सबै कोर्सहरू स्कटिस क्वालिफिकेसन्स अथ्योरिटीद्वारा गुणस्तर सुनिश्चित गरिएको र युरोपियन क्वालिफिकेसन्स फ्रेमवर्कको अन्तर्राष्ट्रिय मापदण्डअनुसार बेन्चमार्क गरिको एलसीसीआईले जनाएको छ ।

२०२५ नोभेम्बर २६ मा काठमाडौंस्थित होटल र्‍याडिसनमा आयोजित सेमिनारमा एलसीसीआई ग्लोबल र मिनाज् भोकेस्नल इन्स्च्युटबीच सहमतिमा हस्ताक्षर गरिएको थियो।

यस साझेदारीले घानाका विद्यार्थीहरूलाई रोजगार–उन्मुख सिप, व्यावहारिक तालिम र विश्वस्तरमा मान्यता प्राप्त योग्यता हासिल गर्न सहज बनाउने एलसीसीआई ग्लोबलले जनाएको छ ।

एलसीसीआई ग्लोबलले जिम्बाब्वेस्थित डेलिस कलिनरी आर्ट्स एकेडेमीसँग सहकार्य गर्दै हस्पिटालिटी, कलिनरी आर्ट्स, बैंकिङ तथा प्रोफेसनल कलिनरी कार्यक्रम सञ्चालनमा ल्याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?