+
+
WC Series
चितवन राइनोज 2025
47/6 (10.6)
VS
५४ बलमा ९५ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
141/10 (19.4)
Shares

बढ्यो नेपाली लसुनको मूल्य, किलोको कति ?  

आज शुक्रबार सुकेको नेपाली लसुनको मूल्य थोकमा प्रतिकिलो औसत ५० रुपैयाँ बढेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते १४:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार नेपाली सुकेको लसुनको मूल्य प्रतिकिलो ५० रुपैयाँले बढेर १६५ रुपैयाँ पुगेको तथ्यांक सार्वजनिक गरेको छ।
  • हिजो बिहीबार नेपाली लसुनको मूल्य प्रतिकिलो १ सय १५ रुपैयाँ थियो भने आज शुक्रबार १ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ।
  • कालीमाटीमा सुकेको चिनियाँ लसुनको मूल्य भने स्थिर रहँदै प्रतिकिलो १ सय ९० रुपैयाँमा किनबेच भइरहेको तथ्यांकले देखाउँछ।

१२ मंसिर, काठमाडौं । स्थानीय बजारमा लसुनको मूल्य बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाली सुकेको लसुनको मूल्य बढेको हो ।

आज शुक्रबार सुकेको नेपाली लसुनको मूल्य थोकमा प्रतिकिलो औसत ५० रुपैयाँ बढेको छ । हिजो बिहीबार प्रतिकिलो १ सय १५ रुपैयाँमा किनबेच भएको लसुन आज भने १ सय सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।

त्यसैगरी कालीमाटीमा सुकेको चिनियाँ लसुनको भाउ भने स्थिर छ । उक्त लसुन प्रतिकिलो १ सय ९० रुपैयाँमा किनबेच भइरहेको तथ्यांकले देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?