News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक विज्ञ सुनिलबहादुर थापाले २३ र २४ भदौमा नेपाली सेनासँग आफ्नो नाम जोडिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
- थापाले नेपाली सेनालाई राष्ट्रको सर्वोपरी हित र राष्ट्रिय एकताको रुपमा विश्वासयोग्य रहेको स्पष्ट पारेका छन्।
- उनले सेनाको दृढ र निष्कपट छवि इतिहासदेखि वर्तमानसम्म छर्लङ्ग रहेको उल्लेख गर्दै गलत समाचारप्रति दुःख व्यक्त गरेका छन्।
१२ मंसिर, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक विज्ञ सुनिलबहादुर थापाले जेनजी आन्दोलन र नेपाली सेनासँग आफ्नो नाम जोडिएकोप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।
उनले शुक्रबार प्रेस विज्ञप्ति जारी गरेर २३ र २४ भदौमा भएको घट्ना र नेपाली सेनाका सन्दर्भमा नाम जोडेर समाचार प्रकाशन गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।
‘म लोकतन्त्र, राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकतालाई सुदृढ गर्नुपर्छ भन्नेमा दृढ छु,’ पूर्वमन्त्रीसमेत रहेका थापाले भनेका छन्, ‘त्यसको लागि सामान्य अवस्थामा मात्र होइन जस्तोसुकै संकट आइपर्दा पनि राष्ट्रको सर्वोपरी हित, राष्ट्रिय एकतालाई मजबुद बनाउँदै सबै नेपालीको विश्वास र भरोसाको रुपमा नेपाली सेना रहेकोमा कुनै शंका छैन भन्नेमा म स्पष्ट छु ।’
पेशागत व्यावासयिक मूल्य–मान्यता, सार्वभौमसत्ता र राष्ट्रियताको सन्दर्भमा सेनाले देखाएको दृढ र निष्कपट छवि इतिहासदेखि वर्तमानसम्म छर्लङ्ग रहेको उनको भनाइ छ।
‘गत भदौ २३ र २४ गतेका सन्दर्भमा नेपाली सेनाले सङ्कट समाधानमा देखाएको अग्रसरताको देश विदेशमा समेत प्रशंसा भएको सन्दर्भमा यस्तो एउटा संस्थालाई जोडेर कपोलकल्पित, असान्दिर्भक, भ्रमपूर्ण एवं चरित्र हत्या गर्ने कुत्सित मनसायले यस्तो समाचार प्रकाशन गर्नु दुःखद हो,’ थापाले भनेका छन् ।
प्रतिक्रिया 4