+
+
WC Series
कर्णाली याक्स 2025
160/3 (20)
VS
१०४ बलमा १४९ रन आवश्यक
विराटनगर किंग्स 2025
12/1 (2.4)
Shares

नियमित महाधिवेशन पक्षधरको भेलामा गुरुङले भने- जेनजीलाई पार्टीमा ल्याउने बाटो रोक्न खोजिँदै छ

कार्यक्रममा नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले विशेष महाधिवेशनको नाममा महामन्त्रीद्वयले जेनजी युवालाई क्रियाशील सदस्यतामार्फत् पार्टी प्रवेश गर्ने बाटो रोक्न खोजेको आरोप लगाए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १२ गते १७:५३

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेस सम्बद्ध युवा, विद्यार्थी, महिलाहरूले नियमित महाधिवेशनका लागि दबाब दिन काठमाडौंमा भेला गरेका छन् ।

काठमाडौंको तीनकुनेस्थित रोयल ब्याङ्केटमा नियमित महाधिवेशनका लागि पार्टीमा दबाब सिर्जना गर्न उनीहरूले शुक्रबार भेला आयोजना गरेका हुन् ।

कार्यक्रममा नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले विशेष महाधिवेशनको नाममा महामन्त्रीद्वयले जेनजी युवालाई क्रियाशील सदस्यतामार्फत् पार्टी प्रवेश गर्ने बाटो रोक्न खोजेको आरोप लगाए ।

‘महामन्त्रीज्यूहरूले विशेष महाधिवेशनको कुरा बाहिर उठाउनुभएको छ, त्यो विषय आजसम्म पार्टीको केन्द्रीय समितिमा प्रस्तावको रूपमा पेस गर्नुभएको छैन,’ उनले भने, ‘उहाँहरू केवल विशेष महाधिवेशन हस्ताक्षरकर्ताको नाउँमा पार्टी कब्जा गर्न खोजिरहनुभएको छ ।’

पार्टीले चुनावमा सहभागी हुनका लागि दल दर्ता गरिसकेको अवस्थामा नियमित महाधिवेशनको विकल्प नरहेको भन्दै उनले पार्टीका हरेक तह चुनावकेन्द्रित हुनुपर्नेमा जोड दिए ।

कार्यक्रम सम्बोधन गर्दै नेविसंघ नेता आदर्श मल्ल, गीता गुरुङ, नेविसंघका पूर्वउपाध्यक्ष पुष्पकुमार शाही, तरुण दलका केन्द्रीय सदस्य दिल लामा, नेपाल किसान महासंघका अध्यक्ष गणेशचन्द्र तिमिल्सिना, महिला संघका केन्द्रीय सदस्य निनु कर्णले नियमित महाधिवेशन गरिनुपर्ने बताए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरू मोहनबहादुर बस्नेत, लक्ष्मी खतिवडा, कल्याणी रिजाल, विद्या तिमिल्सिना, कुन्दनराज काफ्ले, कल्याणकुमार गुरुङ, बागलुङका पार्टी सभापति जित शेरचन, गण्डकी प्रदेश उपसभापति मेखलाल श्रेष्ठको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?