News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले चाँदीको भाउ प्रतितोला ३५३५ रुपैयाँ कायम गरेको छ, जुन पहिलोपटक ३५ सय रुपैयाँ नाघेको हो।
- चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा ४५ रुपैयाँले बढेको छ र हिजो प्रतितोला ३४९० रुपैयाँमा कारोबार भएको थियो।
- सुनको भाउ पनि प्रतितोला १४०० रुपैयाँले बढेर २ लाख ५३ हजार ६ सय रुपैयाँ पुगेको छ, जसमा अन्तर्राष्ट्रिय बजारको प्रभाव रहेको महासंघले जनाएको छ।
१५ मंसिर, काठमाडौं । चाँदीको मूल्यमा कीर्तिमानी कायम भएको छ । पहिलो पटक चाँदीको भाउ तोलामा ३५ सय रुपैयाँ नाघेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ३५३५ रुपैयाँ तय गरेको छ । जुन मूल्य अघिल्लो दिनको तुलनामा ४५ रुपैयाँ बढेको हो । हिजो प्रतितोला ३४९० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।
त्यस्तै सुनको भाउ तोलामा १४०० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ५२ हजार २ सय रुपैयाँ रहेको सुन आज २ लाख ५३ हजार ६ सय रुपैयाँ पुगेको छ । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढेसँगै नेपाली बजारमा प्रभाव देखिएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4