१५ मंसिर, काठमाडौं । जेनजी आन्दोलनको क्रममा बौद्धस्थित ह्यात होटलमा रहेको क्यासिनोमा लुटपाट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा दावा सेट्टी र रणे भनिने रञ्जित खड्गी छन् । उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । परिसर काठमाडौंका एसएसपी रमेश थापाले जाहेरी आएपछि उनीहरुलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको बताए ।
२४ भदौमा हायातमा रहेको प्राइड क्यासिनोमा लुटपाट भएको थियो । लुटपाट आरोपमा पक्राउ परेकाहरू खुकुरी बोकेर क्यासिनोमा प्रवेश गरेको भिडियो देखिएको एक अनुसन्धान अधिकृतले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4