+
+
Shares

सिद्धार्थ बैंकलाई भिसा इन्टरनेसनलका तीन अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १५ गते १२:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिद्धार्थ बैंकले भिसा इन्टरनेसनलबाट तीन विधाका अवार्ड पाएको छ।
  • बैंकले एक्सेलेन्स इन कन्जुमर क्रेडिट कार्ड, प्रिपेड कार्ड र पीओएस एक्वायरिङ अवार्ड जितेको छ।
  • सिद्धार्थ बैंकको क्रेडिट कार्ड बजार हिस्सा करिब १९ प्रतिशत र कारोबार हिसाबले १५ प्रतिशत छ।

१५ मंसिर, काठमाडौं । सिद्धार्थ बैंकलाई विश्वप्रसिद्ध भुक्तानी सेवा प्रदायक संस्था भिसा इन्टरनेसनलले तीन विधाका अवार्ड प्रदान गरेको छ । भिसा लिडरसिप कन्क्लेभमा बैंकले तीन अवार्ड पाएको हो ।

सिद्धार्थ बैंकले डिजिटल भुक्तानी सेवा, कार्ड व्यवसाय एवम् व्यवसायिक साझेदारीमा देखाएको उत्कृष्ट प्रदर्शनीका लागि सम्मान गरिएको भिसा इन्टरनेसनलले जनाएको छ । एक्सेलेन्स इन कन्जुमर क्रेडिट कार्ड, एक्सेलेन्स इन प्रिपेड कार्ड र एक्सिलेन्स इन पीओएस एक्वायरिङ अवार्ड बैंकले पाएको छ ।

ग्राहकलाई सुरक्षित, छरितो तथा आधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्य अनुरूप सिद्धार्थ बैंकले क्रेडिट कार्ड, प्रिपेड कार्ड तथा पीओएस सेवामा उल्लेखनीय रुपमा बजार विस्तार गर्दै आएको छ ।

यी उपलब्धीले सेवा गुणस्तर, प्रविधिमैत्री नीति तथा बजारमा बढ्दो विश्वासलाई पुष्टि गरेको बैंकले जनाएको छ ।

गत असार मसान्तसम्म बैंकहरूले करिब ३ लाख १८ हजार क्रेडिट कार्ड जारी गरेका छन् । जसमा सिद्धार्थ बैंकको मात्रै करिब ६० हजार क्रेडिट कार्ड रहेको छ । यस आधारमा बैंकको बजार हिस्सा करिब १९
प्रतिशत देखिन्छ ।

कारोबारको हिसाबले पनि बैंकले करिब १५ प्रतिशत हिस्सा ओगटेको छ । गत असार मसान्तसम्म बजारमा २ लाख ५० हजार प्रिपेड कार्ड जारी भइसकेका छन्, जसमा सिद्धार्थ बैंकको मात्रै करिब ३४ हजार कार्ड रहेको छ ।

साथै असार मसान्तसम्म उद्योगस्तरमा करिब १ करोड २५ लाख पीओएस कारोबार भएका छन् भने सोही अवधिमा सिद्धार्थ बैंकमार्फत करिब ९ लाख ३६ हजार कारोबार भएका छन्, जसको आधारमा बैंकको बजार हिस्सा करिब ८ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?