+
+
Shares

नयाँ भनिएका दलहरूलाई जिम्मा लगाउँदा मुलुकले फेरि ठक्कर खान्छ : घनश्याम भूसाल

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १५ गते १४:४७

१५ मंसिर, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता घनश्याम भूसालले नयाँ भनिएका दलहरूकै हातमा मुलुकलाई जिम्मा लगाउने हो भने पुन: मुलुकले ठक्कर खाने बताएका छन् ।

सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आफ्ना धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले आफ्नो दल नयाँ दलहरूको पनि विकल्पको कुरा गरेर अघि बढेको जिकिर गरे ।

‘हामील नयाँ भनिएका पार्टीहरूको पनि विकल्पको कुरा गरिरहेका छौं । सम्भवत: यो सुनेर धेरैलाई अचम्म लाग्छ होला,’ भूसालले भने, ‘हामीले यो भन्नुपर्छ, नयाँ भनिएका पार्टीहरू सिद्धान्त विचारका हिसाबले भुइँफुट्टा, त्यो दूर दृष्टिका हिसाबले सतही, गैर जिम्मेवार देखिने जो नयाँ भनिएका पार्टी छन् । यिनीहरूकै हातमा पनि यसै मुलुक जान्छ भने मुलुकले फेरि ठक्कर खानेछ ।’

नयाँ भनिएका दलहरू पनि पुरानाजस्तै दलाल पूँजीवादसँग ब्रिकी हुनेवाला देखिएको जिकिर गरे ।

‘यी पार्टीहरू हिजोका ठूला भनिएका सत्ताधारी पार्टी जस्तै निसन्देह यिनको नेतृत्व पनि दलाल पूँजीवादसँग बिक्री हुनेवाला छ,’ भूसालले भने, ‘हाहाहोहो गरेर सरकार र आगामी राजनीतिमा प्रभावशाली हुने जे सोच्दैछन् यसरी पनि यो मुलुकले शान्ति नपाउने भयो । यो कुरा हामीले भन्नुपर्छ भन्ने हामीलाई लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?