News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले १५ औं महाधिवेशनका लागि ५ पुस भित्र क्रियाशील सदस्यता नवीकरण र वितरणको काम सम्पन्न गर्ने कार्यतालिका निर्धारण गरेको छ।
- केन्द्रीय कार्यसमिति बैठकले ५ पुसमा नवीकरण र नयाँ वितरण भएको क्रियाशील सदस्यताको नामावली स्वीकृत गर्ने निर्णय गरेको छ।
- कांग्रेसले २५ मंसिर भित्र छुटेका जिल्लाले नवीकरण सूची र रकम केन्द्रमा पठाउनुपर्ने र ३ पुससम्म नामावली पठाउने अवधि तोकेको छ।
१५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनका लागि ५ पुस भित्र क्रियाशील सदस्यता नवीकरण र वितरणको काम सम्पन्न गरिसक्ने कार्यतालिका निर्धारण भएको छ ।
सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित गर्दै क्रियाशील सदस्यता नवीकरण र वितरणको सम्पूर्ण काम ५ पुसभित्र गरी सक्ने निर्णय गरेको हो ।
निर्णयमा ५ पुसमा केन्द्रबाट नवीकरण र नयाँ वितरण भएको क्रियाशील सदस्यताको नामावली स्वीकृत गर्ने अवधि तोकिएको छ ।
कांग्रेसले क्रियाशील सदस्यता नवीकरण नभएका, छुटेका, विवरण पठाउन बाँकी रहेका जिल्लाले कार्यसमिति बैठकको निर्णय, नवीकरणको सूचीको अन्तिम नामावली र रकम केन्द्रमा पठाउने अन्तिम मिति २५ मंसिर तोकेको छ ।
यस्तै पुस ८ भित्र छुट भएकाहरूको नामावली, निर्णय र रकम केन्द्रमा पठाउन सकिने निर्णयमा भनिएको छ ।
कांग्रेसले नेपाली जनसम्पर्क समितिले क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको सम्पूर्ण काम मंसिर मसान्तभित्र गरी सक्ने भनेको छ ।
निर्णयमा क्रियाशील सदस्यता नयाँ र नवीकरणको नामावली केन्द्रमा पठाउने अवधि ३ पुसका लागि तोकेको छ ।
प्रतिक्रिया 4