+
+
WC Series
जनकपुर बोल्ट्स 2025
0/0
VS
चितवन राइनोज 2025
0/0
Shares

भेनेजुएलाको डुङ्गा आक्रमणबारे ह्वाइट हाउसले के भन्यो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १६ गते ११:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी प्रशासनले भेनेजुएलाको लागूऔषध डुङ्गामाथि दोस्रो सैन्य आक्रमण गर्ने आदेश दिएको पुष्टि गरेको छ।
  • ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले एडमिरल फ्र्याङ्क ब्राडलीले आक्रमण आफ्नो अधिकार र कानूनको दायराभित्र गरेको बताउनुभयो।
  • रिपब्लिकन र डेमोक्रेट दुवै दलका सांसदहरूले घटनामा चिन्ता व्यक्त गर्दै कङ्ग्रेसमा समीक्षा गरिने बताएका छन्।

१६ मंसिरकाठमाडौं । अमेरिकी प्रशासनले एक शीर्ष नौसैनिक कमान्डरले भेनेजुएलाको लागूऔषध डुङ्गामाथि दोस्रो सैन्य आक्रमण गर्ने आदेश दिएको पुष्टि गरेको छ ।

यो डुङ्गामा लागूऔषधहरू रहेको अमेरिकी आरोप छ ।

सोमबार ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले एडमिरल फ्र्याङ्क ब्राडलीले यो अतिरिक्त आक्रमण आफ्नो अधिकार र कानूनको दायराभित्र रहेर गरेका बताइन् ।

उनले यसका लागि रक्षा मन्त्री पिट हेगसेथले आक्रमणका लागि अनुमति दिए पनि उनले सबैलाई मारिदिनु‘ भन्ने कुनै आदेश नदिएका जिकिर गरिन् ।

अमेरिकी अखबार द वाशिंगटन पोस्टले रक्षामन्त्री हेगसेथले सबैलाई सफाया गर्न अनुमति दिएको जिकिर गर्दै समाचार प्रकाशन गरेको थियो ।

डुङ्गामा अमेरिकाले गरेको पहिलो विस्फोटमा दुई जना मानिस बचेका थिए र उनीहरू जलिरहेको डुङ्गामा थिएत्यसपछि दोस्रो आक्रमण गरिएको थियो।

यस घटनालाई लिएर रिपब्लिकन र डेमोक्रेट– दुवै दलका सांसदहरूले चिन्ता व्यक्त गरेका छन् र उनीहरूले कङ्ग्रेस स्तरमा यसको समीक्षा गरिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?