१६ मंसिर, काठमाडौं । स्याङ्जास्थित वालिङ नगरपालिकाले सडक खाना महोत्सव गरेको दिनमा पालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
वालिङ नगरपालिकाले यही मंसिरको १९ गते प्रथम सडक खाना महोत्सव गर्न लागेको छ ।
सडक खाना महोत्सवलाई भव्य रुपमा मनाउनका लागि पालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरिएको वालिङ नगरपालिकाका मेयर कृष्ण खाँणले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
सडक खाना महोत्सवको दिनमा सरकारी कार्यालय, स्वास्थ्य संस्था, शिक्षण संस्था तथा अन्य सार्वजनिक संघ संस्थाहरुमा बिदा दिने निर्णय गरिएको पालिकाले सूचना निकालेर जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4