+
+
WC Series
पोखरा एभेन्जर्स 2025
151/1 (15.6)
VS
कर्णाली याक्स 2025
0/0
Shares

मधेशका मुख्यमन्त्री यादवले पत्रकार सम्मेलन गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १६ गते १५:५१

१६ मंसिर, जनकपुरधाम । सर्वोच्च अदालतको परमादेश पश्चात् २४ घण्टाभित्र विश्वासको मत नलिएका मुख्यमन्त्री सरोजकुमार यादवले पत्रकार सम्मेलन आयोजना गर्न लागेका छन् ।

आज साँझ ५:३० बजे मुख्यमन्त्रीको सरकारी आवासमा पत्रकार सम्मेलन राख्न लागिएको हो ।

विश्वासको मत लिने अथवा राजीनामा गर्नेबारे आज दिनभर मुख्यमन्त्री यादवले पार्टीभित्र र कानुनविदहरूसँग छलफल गरेका छन् ।

राति ८ बजे नै इमेलमार्फत सर्वोच्चको परमादेश प्रदेश सभा मुख्यमन्त्री कार्यालयमा आइसकेको छ । आज राति ८ बजे २४ घण्टा समय समाप्त हुँदैछ ।

यदी उनले विश्वासको मत नलिए र राजीनामा समेत नगरेको खण्डमा राति ८ बजे उनी पदमक्त हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?