काठमाडौं । भारतमा प्रधानमन्त्री कार्यालय (पीएमओ) परिसरको नाम परिवर्तन गरेर ‘सेवा तीर्थ’ नामाकरण गरिएको छ ।
भारतको केन्द्र सरकारले यस्तो निर्णय गरेको हो ।
देशभरिका राज्य भवनहरूलाई अब लोक भवन भनिने छ । यसबाहेक, केन्द्रीय सचिवालयलाई कर्तव्य भवन भनेर चिनिने छ ।
‘सार्वजनिक संस्थाहरूमा ठूलो परिवर्तन भइरहेको छ । हामी शक्तिबाट सेवामा सर्दैछौं । यो परिवर्तन प्रशासनिक होइन, सांस्कृतिक हो,’ पीएमओका अधिकारीहरूलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमहरूले लेखेका छन् ।
यसअघि केन्द्र सरकारले राजपथको नाम कार्तव्य पथ राखेको थियो । प्रधानमन्त्रीको आधिकारिक निवासलाई रेसकोर्स रोड पनि भनिन्थ्यो, जुन २०१६ मा लोक कल्याण मार्गमा परिवर्तन गरिएको थियो ।
राजभवनको नाम किन गरियो परिवर्तन ?
भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरे अनुसार राजभवन नामले औपनिवेशिक मानसिकतालाई प्रतिविम्बित गर्छ । त्यसैले, गभर्नर र उपराज्यपालहरूको कार्यालय अब लोक भवन र लोक निवासको रूपमा चिनिने छ।
प्रतिक्रिया 4