१७ मंसिर, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्नो पार्टी मधेशमा एक्लो नभएको दाबी गरेका छन् ।
प्रेस चौतारी नेपालले केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।
उनले अहिले पनि मधेशमा आफ्नो पार्टी सबैभन्दा शक्तिशादी रहेको दाबी गरे ।
‘आजका मितिमा पनि नेकपा एमाले मधेश प्रदेशको सबैभन्दा शक्तिशाली पार्टी हो । त्यसकारण एमालेलाई एक्लाउने, जनताले स्वीकार गर्दासम्म कसैले एक्लाएर एक्लिन्छ ? बहुसंख्यक जनताले स्वीकार गर्छन् कि गर्दैनन् भन्ने मुख्य कुरा हो,’ उनले भने ।
साथै, उनले जनताले विश्वास गर्ने बेलासम्म आफूहरू एक्लो नभएको जिकिर गरे । जनतासँग जोडिएर आफ्नो पार्टी अघि बढेको भन्दै अब पनि त्यही रहने उनले बताए ।
‘जनताले विश्वास गर्ने बेलासम्म हामी अलग्गियौं, एक्लियौं भन्ने मानसिकताबाट निर्देशित हुँदैनौं । हामी जनतासँग जोडिएर अघि बढेको पार्टी हौं, हामी जनताबाट टाढिन हुँदैन भन्नेमा छौं । हामी मधेशमा एक्लिएका पनि होइनौं, एक्लिदाँ पनि एक्लिदैनौं,’ उनले भने ।
प्रतिक्रिया 4