+
+
WC Series
विराटनगर किंग्स 2025
13/1 (2.1)
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

कारबाहीमा परिने भएपछि माओवादी कर्णाली संसदीय दलका नेता शर्माद्वारा राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १७ गते १४:५८

१७ मंसिर, सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले दलको नेताबाट राजीनामा दिएका छन् । शर्माले बुधबार दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीलाई सम्बोधन गरेर राजीनामा दिएका हुन् ।

पछिल्लो समय प्रचण्डको साथ छोडेका शर्मा जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीमा लागेपछि दलको नेताबाट राजीनामा दिएका हुन् । उनले सांसद् पदबाट राजीनामा भने दिएका छैनन् ।

माओवादी प्रदेश संसदीय दलको बैठक वीरेन्द्रनगरमा जारी छ । बैठकले शर्मालाई कारबाही गर्ने भएपछि उनले दलको नेताबाट राजीनामा दिएको माओवादी प्रदेश सभाका एक सदस्यले जानकारी दिए ।

शर्मालाई मंसिर १८ गतेभित्र दलको सम्पर्कमा आउनका लागि समन्वय गर्न प्रमुख सचेतक कृष्णबहादुर जिसीलाई जिम्मेवारी दिइएको थियो ।  यसअघि बसेको संसदीय दलको बैठकले उक्त जिम्मेवारी दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?